icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

साना व्यापारिक प्रयोजनका सवारी

आफ्नै व्यापारिक प्रयोजन वा सार्वजानिक यातायातका रुपमा अथवा हरियो वा कालो नम्बरप्लेट भएको सामान ढुवानीमा प्रयोग हुने साधन (ट्याक्सी, जिप, भ्यान, पिकअप आदि) मा आंशिक लगानी वा पुनर्लगानी

योग्यता

  • स्थायी ठेगाना अनिवार्य भएको तर काठमाण्डू उपत्यकाभित्रका ट्याक्सीलाई दिइने वित्तीय सहयोग बाहेक
  • उस्तै क्षेत्रमा अनुभवी उद्यमी (जस्तैः ट्याक्सी /उस्तै प्रयोगमा आएका व्यापारिक सवारीका धनी)
  • उक्त सवारी आपैmले चलाउने व्यक्ति। मथिका दुई बुँदाका मापदण्ड पूरा नभएका खण्डमा आम्दनीको थप स्रोत वा पर्याप्त धितो (जग्गा वा घरजग्गा) आवश्यक पर्छ। यस्तो धितोको हकमा भविष्यमा भाडा वा बहालवापत हुने सम्भावित आयआर्जनलाई आयस्रोत मान्न सकिँदैन। 
  • आवश्यक परेमा अनुमती(रुट पर्मिट) र यातायात समितिको शिफारसि
  • दीर्घकालीन आम्दनीका स्रोतका रुपमा रहेका दर्ता भएका र कम्तिमा एक बर्षदेखि सञ्चालित व्यापार

उमेरहद

  • आवेदक कम्तिमा १८ बर्ष पुगेको हुनुपर्ने (निजी प्रयोगको सवारीको हकमा)। 
  • आवेदक बढीमा ६५ बर्ष पुगेको तर कर्जा चुक्ता गरेको अन्तिम मितिसम्म ७० बर्ष ननाघेको हुनुपर्ने। आवेदकको उमेर ५५ नाघेमा शिफारिसकर्ता (ग्यारेन्टर) उल्लेख गर्नुपर्ने। शिफारिसकर्ता (ग्यारेन्टर) ६५ बर्ष ननाघेको हुनुपर्ने र सगोलको परिवार सदस्यमध्यबाट हुनुपर्ने। 

कर्जा सीमा

  • ​न्यूनतम रकम– नेरु ५००,००० /– (नेरु पाँच लाख मात्र)
  • अधिकतम रकम– नेरु १०,०००,००० /– (नेरु एक करोड मात्र)
  • लगानी प्रतिशत:
    • नयाँ सवारीका हकमाः यसमा खरिदमूल्यको अधिकतम ८०% 
    • पुनर्लगानी (सट्टाको हकमा पनि)ः आधिकारीक सवारी विक्रेता वा मूल्य निर्धारणकर्ताले स्वीकृत गरेको अनुमानित लागतको अधिकतम ८०%

अवधि
बढीमा ८ बर्ष 

असुली
स्वीकृत अवधिभर समान मासिक किस्ताबन्दी (ईएमआइ)

आधारभूत कागजातहरु

  • कर्जा आवेदन 
  • आवेदक/प्रायोजक/शिफारिसकर्ता (ग्यारेन्टर) को निवासको नक्साङ्कित ठेगाना
  • आवेदक/प्रायोजक/शिफारिसकर्ता (ग्यारेन्टर) को नागरिकता प्रतिलिपि र हालैको फोटो
  • आवेदक/प्रायोजक/शिफारिसकर्ता (ग्यारेन्टर) को आर्थिक स्थिति
  • आवेदकका नाममा जारी लगानी गर्न लागिएको सवारीसम्बन्धि खरिदपूर्व प्राप्त भएको मोडल, विकल्प आदि उल्लिखित विवरण (प्रोफोर्मा ईनभोइस) तथा नयाँ सवारीको अङ्कित मूल्य। पुनर्लगानीको हकमा आधिकारी सवारी विक्रेता वा मूल्य निर्धारणकर्ताबाट स्वीकृत सवारीको विस्तृत विवरण भएको मूल्याङ्कन प्रतिवेदन ।
  • विक्रेताद्वारा जारी भ्याट बिल
  • व्यापारीक निकायको दर्ता प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु
  • आवश्यक परेमा रुट पर्मिट
  • भन्सार तिरेको र सवारी नामसारी गर्न कुनै रोक नभएको उल्लिखित कागजात (हरियो नं प्लेट भएमा) 
  • अन्य आयस्रोतका प्रमाण
  • लगानी गरिएको सवारी चालक अनुमतिपत्र प्राप्त व्यक्तिले चलाउने आवेदकको घोषणा
  • यातायात समितिबाट उक्त सवारी तोकिएको रुटमा चलाउन अनुमति दिइने व्यहोरा उल्लेख भएको पत्रको प्रतिलिपि
  • तोकिएको रुटमा उक्त सवारी चलाउँदा हुने अनुमानित आम्दनी 
  • सवारीधनी प्रमाणपत्र (ब्लुबुक)को प्रतिलिपि  
ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस