
साना व्यवसायमा लगानी
अद्योग स्थापना वा पूर्वाधार स्तारोन्नतिका क्रियाकलापहरु तथा चालू पुँजीमा लगानी, व्यापार लगानी तथा उत्पादन, व्यापार, सेवा र उत्पादक क्षेत्रमा संलग्न साना व्यवसायिक कार्यहरुमा सहजीकरण
योग्यता
- आवेदक संस्था/कम्पनी हुनुपर्नेछ
- संस्थाकम्पनीका स्वामीत्ववाहक मुख्य व्यक्तिको सम्बन्धित व्यापारमा कम्तिमा २ बर्ष अनुभव हुनुपर्नेछ
- अचल सम्पत्तिका हकमा
- सञ्चालनमा रहेको इकाईका लागिः कम्तिमा एक बर्ष सफलतापूर्वक नाफायुक्त नगदप्रवाह भएको
- नयाँ इकाईका लागिः उही व्यक्ति वा समूहका स्वामित्वमा सफलतापूर्वक नाफायुक्त नगदप्रवाहसहितसञ्चालित व्यापार
कर्जाका किसिम
- कोषयुक्त
- चालू पुँजी/आयातनिर्यातमा लगानी
- स्थिर सम्पत्तिका लागि सीमित अवधिको कर्जा
- कोषरहित
- प्रतितपत्र (लेटर अफ क्रेडिट)
- बैंक ग्यारेण्टी
कर्जा सीमा
- अधिकतम नेरु १०,०००,०००/– (नेरु दश लाख मात्र)
- स्थिर सम्पत्तिका हकमा न्यूनतम रकम नेरु ३५०,०००/– (तीन लाख पचास हजार मात्र)
कर्जा चुक्ता अवधि
- चालू पुँजी र व्यापारमा लगानीको हकमा
- चत्रिय विधि, बार्षिक पुनरावलोकन
- स्थिर सम्पत्तिका हकमा
- अधिकतम ७ बर्ष (सुरुको ६ महिना बाहेक), निश्चित कर्जा चुक्ता व्यवस्थापश्चात अवधि समाप्त हुने गरी
- समान मासिक किस्ताबन्दी वा समान त्रैमासिक किस्ताबन्दी
आधारभूत कागजातहरु
- कर्जा आवेदन
- आवेदकको निवासको नक्साङ्कित ठेगाना
- स्वामीत्ववाहक (प्रोप्राइटर)/साझेदार/निर्देशक/आधिकारिक व्यक्तिको नागरिकता प्रतिलिपि र हालैको फोटो
- नवीकरण गरिएको संस्था दर्ता प्रमाणपत्र
- स्थायी लेखा नं (प्यान) र कर तिरेको रसिद
- व्यापार सञ्चालन अनुमतिपत्र
- निजि कम्पनीको हकमा बैंक वा सम्बधित संस्थामा ऋण आवेदन दिन स्वीकृत नियमावली र प्रबन्धपत्र
- लालपुर्जा , चारकिल्ला प्रमाणपत्र, कित्ता नं, नक्सा, आधिकारिक निकायबाट जारी भवननिर्माण स्वीकृतिपत्र, हालसम्मको घरजग्गा राजस्व वा कर तिरेको रसिदहरु। नगरपालिका भित्र धितो राखिएको घरको मापदण्ड पूरा गरेको प्रमाणपत्र र पास भएको नक्सा र भवन निर्माण पूरा भएको प्रमाणपत्र।
- लेखापरीक्षण गरेको आर्थिक प्रतिवेदन/लक्षित आर्थिक प्रतिवेदन
- चालू पुँजीमा गरिने लगानीको हकमा, हालसालैको विक्री विवरण (१२ महिना अघिसम्मको) अथवा नयाँ परियोजनाको हकमा लक्षित विक्री विवरण (कम्तिमा एक बर्ष)
- स्थिर सम्पतिमा गरिने वित्तीय सहयोगको हकमा परियोजनाको अनुमानित लागत, कोटेसन, विज्ञले गरेको परियोजनाको पूर्व अध्ययन लगायत र अनुमानित समय
- नगद वा नगदसमान धितो/जमानतको हकमा, स्थिर निक्षेप रसिद, सरकारी आवद्धता प्रमाणपत्र (आवश्यक परेमा)
- स्वामित्ववाहक, शिफारिसकर्ता अथवा मुख्य व्यक्तिको अनुभवसम्बन्धि दस्तावेज
- बैंकहरुबाट प्राप्त ऋण चुक्ता पूरा भएको प्रमाणित गर्ने कागजात र पास किसीम्मा रहेको ऋणको प्रमाणपत्र
- आवश्यक खण्डमा बैंक तथा वित्तीय संस्थाका स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर)
- आवेदकको विवरण तथा स्वघोषणा
- आवेदक तथा ग्यारेन्टरको आर्थिक क्षमता
- व्यवस्थापनले समयसमयका तोकेको अन्य कागजातहरु