
व्यक्तिगत कर्जा
व्यक्तिगत जिम्मेवारी पूरा गर्न दिइने कर्जा
योग्यता
- तलबी व्यक्तिहरु
- स्वरोजगार व्यक्तिहरु
- आफैले अथवा आमा,बाबु,जीवनसाथी, छोरा वा छोरीमध्य परिवारका कुनै सदस्यले व्यवसाय स्थापना गरेका व्यक्तिहरु
- व्यवसाय/बहाल/लगानी आदिजस्ता आयसोत भएका व्यक्ति
- माथिबाहेक आमा, बाबु, जीवनसाथी, छोरा वा छोरीजस्ता नजिकका नातेदारले सम्बन्धित व्यक्तिबाट प्रायोजनपत्र(स्पोनसरसिप) प्राप्त गरेमा यो कर्जा सुविधा पाउन सक्छन्।
उमेरहद
- आवेदकको न्यून्तम उमेरः २५ बर्ष
- तलबी कर्मचारीको हकमा अवकाशको उमेर ननाघेको
- स्वरोजगार,व्यापार,व्यवसाय आदि भएका व्यक्तिका हकमा ऋण चुक्ताको अन्तिम म्यादसम्म ६५ उमेर ननाघेको। शिफारिसकर्ता (ग्यारेन्टर) भएको खण्डमा उमेरहद लागु नहुने। शिफारिसकर्ता (ग्यारेन्टर) एकै परिवारको सदस्य र ६५ उमेर ननाघेका हुनुपर्ने।
कर्जा सीमा
- न्यूनतम रकम नेरु २००,०००/– (नेरु दुई लाख मात्र)
- अधिकतम रकम नेरु २,५००,०००/– (नेरु पच्चीस लाख मात्र)
लगानी %
- घरजग्गा जस्ता सम्पत्तिको अधिकतम ७०% मूल्य
- नगद अथवा जिन्सि बस्तुहरुको कूल ९०% मूल्य बराबर
कर्जाचुक्ता अवधि
अधिकतम १० बर्ष
असुल विधि
स्वीकृत अवधिभर समान मासिक किस्ताबन्दी (ईएमआइ)
आवश्यक कागजातहरु
ऋण आवेदन
- आवेदकको निवासको नक्साङ्कित ठेगाना र प्रस्तावित जमानत/धितो
- बैंकले तोकेको ढाँचामा आवेदकले भईपरी आएको जोखिम व्यहोर्ने स्वघोषणा
- आवेदक/शिफारिसकर्ता (ग्यारेन्टर) को नागरिकता प्रतिलिपि र हालैको फोटो
- जमानत/धितोको विवरण जस्तैःलालपुर्जा, चारकिल्ला प्रमाणपत्र, आदि
- आवेदक/शिफारिसकर्ता (ग्यारेन्टर) को उमेरको प्रमाण
- आवश्यक खण्डमा नाताप्रमाणित पत्र
- आवेदक/अभिभावकको/शिफारिसकर्ता (ग्यारेन्टर) आय वा नगदप्रवाहसम्बन्धि पत्र (इनकम स्टेट्मेन्ट)