
शेयरवापत ऋण
शेयरकारोबारमा संलग्न वा लगानी गर्ने व्यक्ति, संस्था वा कम्पनीलाई चालु पूँजी उपलब्ध गराउने उद्देश्य रहेको।
आवश्यक योग्यता
- शेयरकारोबारमा संलग्न वा लगानी गर्ने व्यक्ति, संस्था वा कम्पनी अथवा आफ्नो विधानबाट त्यस्ता कार्यमा संलग्न हुने स्वीकृति पाएका संघसंस्था
- ऋण सुविधा स्वीकृतिको बखत निजको कूल शेयरको ९०% भन्दा बढी ननाघेको व्यक्ति, संस्था वा कम्पनी
- स्थापनाको कम्तिमा ५ बर्ष सफलतापूर्वक पूरा गरेका संस्थाका मात्र प्रवर्धक शेयरवापतको ऋण÷ओभरड्राप्mटको आवेदन स्वीकार गरिनेछ।
स्वीकार्य शेयरहरु
- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विगत ३ महिनामा स्टक एक्सचेन्ज फ्लोरमा कम्तिमा १५ वटा व्यापार दर्ता भएका विशिष्ठ सार्वजानिक लिमिटड कम्पनी, वाणिज्य बैंक र बीमा कम्पनीहरुका साधारण शेयरहरु (सार्वसाधारण वा प्रवद्धकहरुका) मात्र स्वीकृत हुनेछन्।
- गाभिन लागेका (मर्जिङ) संस्थाहरुका हकमा व्यापारका लागि सूचारु भएपछि मात्र स्वीकृत हुनेछ।
-
मर्जर बाहेक अन्य कारणले नेप्सेबाट निस्काषणमा वा सूचीबाट हटाइएका संस्थाहरुका शेयरहरु स्वीकृत हुनेछैनन्।
-
पोसिटिभ कोर ९ऋयचभ० क्यापिटल (पूँजी) भएका कम्पनीका शेयरहरु स्वीकृत हुनेछन्।
-
नियमक निकायबाट तोकिएको अन्य पूँजी वा पर्याप्त पूँजी भएका कम्पनीका शेयरहरु स्वीकृत हुनेछन्।
-
आर्थिक बर्षको अन्त्यको एक बर्षभित्र वैधानिक लेखापरीक्षण सम्पन्न गरेका कम्पनीका शेयरहरु स्वीकृत हुनेछन्।
कर्जा रकम
न्यूनतम रकम नेरु ५,०००,०००/– (नेरु पचास लाख मात्र)
अवधि
शेयरवापतका ऋण ३६५ दिन सम्मका हुनेछन्।
आवश्यक सूचनाहरु
- अनुमानित आयसम्बन्धि पत्र (फरकास्टेड इन्कम स्टेट्मेन्ट)
- शेयरहरु तथा अन्य वित्तीय संस्थाहरुबाट उपलब्ध ऋणका सम्पूर्ण कागजातहरु
- आवेदक/शिफारिसकर्ता (ग्यारेन्टर) को आर्थिक हैसियत (नेट वर्थ?)
- बैंक स्टेट्मेन्ट