icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

अन्तर्राष्ट्रिय व्यापार

राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यापारका कारोबार सम्बन्धि भुक्तानी जस्तै खरिद/विक्री आदिको व्यवस्थापनमा प्रतितपत्र (लेटर अफ क्रेडिट) आवश्यक पर्दछ। 
 
प्रतितपत्र (लेटर अफ क्रेडिट) बैंकद्वारा ग्राहक, आयातकर्ता/खरिदकर्ताको अनुरोधमा जारी गरिन्छ जसमा बैंकले निर्यातकर्ता/विक्रेतालाई उसको बस्तु वा सेवावापत रकम भुक्तान गर्ने वाचा गर्दछ। यसका निम्ति निर्यातकर्ताले प्रतितपत्रमा तोकिए बमोजिम आवश्यक कागजातहरु प्रस्तुत गर्नुका साथै त्यहाँ उल्लिखित शर्तहरु पूरा गरेको हुनुपर्दछ। प्रतितपत्रलाई दस्तावेजपत्र (डकुमेन्ट क्रेडिट पनि भनिन्छ।  
 
बिओकेले ग्राहकका आवश्यकता अनुसार सबै प्रकारका प्रतितपत्रहरु जारी गर्दछ जसमध्य बढी माग निम्न प्रतितपत्र (एलसी)का छन्ः 
  • साइट एलसी
  • टाईम एलसी
  • डिफर्ड/मिक्सड एलसी
  • रिभल्भिङ एलसी
  • कन्फर्मड एलसी
  • ट्रान्सफरेबल एलसी
  • ब्याक टु ब्याक एलसी
  • एडभान्स पेमेन्ट एलसी
  • डिस्काउन्टिङ एलसी
प्रतितपत्र जारी गर्न आवश्यक कागजातहरु
प्रतितपत्र जारी गर्नुपूर्व बैंकद्वारा स्वीकृत कर्जा सीमासम्बन्धि कागजात चाहिन्छ। साथै विदेशी मुद्रामा हुने आयात/निर्यातसम्बन्धि कारोबार नेपाल राष्ट्र बैंकद्वारा जारी विदेशी विनिमय नियमावली तथा अन्य अन्तर्राष्ट्रिय नियमहरुअनुसार हुनुपर्नेछ। प्रतितपत्रका निम्ति निम्न कागजातहरु आवश्यक पर्दछः
  • प्रोफर्मा इनभोइस (चलानी)/विक्री करारका कम्तिमा निम्न कुरा उल्लेख भएको
  • निर्यात हुने बस्तुको आठ अङ्कको हार्मोनिक कोड
  • निर्यात गर्ने देश (कन्ट्र) अफ ओरीजिन)
  • बस्तु पु¥याउने र रकम भुक्तानबारे शर्तहरु जस्तै दर, परिमाण,कुल मूल्य, आयात गर्ने देश आदि (आवश्यकताअनुसार)
  • विदेशी विनिमय नियमावलीको फारम नं ३ (नेराबले अनिवार्य गरेको) र प्रतितपत्रको फारम 
अन्य कागजातहरु
  • संस्था दर्ता प्रमाणपत्र
  • स्थायी लेखा नं 
  • बोर्ड माइन्यूट
  • नियमावली
  • प्रबन्धपत्र
  • नागरिकता
  • हालसम्मको करचुक्ता प्रमाणपत्र
भारतलगायत अन्य तेस्रो मूलुकबाट बस्तु आयात÷निर्यातबारे नेपाल राष्ट्र बैंकका विभिन्न प्रावधानहरु छन्। हामी ती प्रावधानहरुको जानकारी दिएर आयात÷निर्यातसम्बन्धि व्यापार सहज बनाउन सघाउँछौँ।  
 
 
 
 
ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस