icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

शैक्षिक कर्जा

विद्यार्थीहरुलाई पढाईखर्च, रहनसहन र यात्रा खर्च व्यवस्था गर्न दिइने कर्जा लगानी जसमा आमाबाबु वा परिवारका कोही सदस्य शिफारिसकर्ता(ग्यारेन्टर) बस्छन्। 

योग्यता

  • विद्यार्थी (आवेदक)​
    • नेपाली नागरीक
    • सम्बन्धित शैक्षिक संस्थाबाट प्राप्त प्रस्तावपत्र (अफर लेटर)
  • आमाबाबु/शिफारिसकर्ता(ग्यारेन्टर)
    • स्थायी ठेगाना भएको
    • शिफारिसकर्ता(ग्यारेन्टर) परिवारका सदस्यमध्य एक हुनुपर्ने
  • विद्यार्थी/अभिभावक/शिफारिसकर्ता(ग्यारेन्टर) को आयसम्बन्धि योग्यता​
    • तलबी व्यक्तिहरु
    • स्वरोजगार पेशाकर्मीहरु
    • स्वरोजगार व्यापारीहरु
    • आयस्रोत पहिचान हुने अन्य व्यक्तिहरु जस्तैः बहाल, व्यापार, पेन्सन आदि।
  • योग्य विषयहरु​
    • नेपालमा अध्ययन गर्न मिल्ने​:
      • व्यवसायिक पाठ्यक्रमहरुः एमबिबिएस, ईन्जिनियरिङ, पशुविज्ञान (भेटेरीनरी), व्यवस्थापण, कम्प्यूटर प्रविधि, व्यवसायिक लेखा वा अर्थसम्बन्धि पाठ्यक्रम जस्तै सिए, आइसिडब्लूए र सिएफए।
      • स्नातकोत्तरअन्तर्गतका विषयहरुः एमए, एमफिल र विद्यावारिधि (पिएचडि) 
  • वैदेशिक शिक्षा​
    • स्नातक/स्नातकोत्तर तहका व्यवसायिक तथा प्राविधिक विषयहरु
    • डिप्लोमा तहका व्यवसायिक तथा प्राविधिक विषयहरु
    • प्रमाणपत्र तहका विषयहरु
    • भाषासम्बन्धि विषयहरु
    • हवाईचालक (पाईलट) जस्ता तालिम
  • समेटिने खर्चहरु​
    • ईन्सटिच्यूट वा होस्टलको शुल्क
    • परीक्षा/पुस्तकालय/प्रयोगशाला (ल्याब) शुल्क
    • पुस्तक/उपकरण/औजार किन्ने खर्च
    • आपतकालीन जम्मा रकम/भवननिर्माण शुल्क/फिर्ता गरिने (रिफन्डेबल) शुल्क
    • यात्रा खर्च
    • कम्प्यूटर आदि आवश्यक उपकरण किन्ने खर्च

आवेदकको उमेरहद

  • कम्तिमा १६ बर्ष
  • बढीमा ५० बर्ष

कर्जा रकम

  • न्यूनतम रकमः नेरु १५०,००० (नेरु एक लाख पचास हजार मात्र)
  • अधिकतम रकमः नेरु १०,०००,००० (नेरु दश लाख मात्र)
  • लगानी प्रतीशत
    • ईन्सटिच्यूट वा होस्टल शुल्कको अधिकतम ९०%। नेपालमा अध्ययन गरिने एमबिबिएस÷एमडि विषयहरुका हकमा १००% सम्म अध्ययन शुल्क स्वीकृत गरिनेछ तर उक्त रकम एमबिबिएस/एमडि अध्ययनका कूल खर्चको ९०% ननाघेको हुनुपर्छ। 
    • यसबाहेक अन्य खर्चहरु जस्तै हवाईटिकट, कम्प्यूटर र अन्य भईपरीआएको खर्च नेरु १,०००,००० ननाघेको हुनुपर्छ। 

अवधि

न्यूनतम १० बर्ष (सुरुको १२ महिना बाहेक) 

कर्जा चुक्ता

स्वीकृत ऋण अवधिभर समान मासिक किस्ताबन्दी (इएम्आई)

आवश्यक कागजातहरु

  • आवेदक र अभिभावक/शिफारिसकर्ता दुवैको हस्ताक्षरसहित ऋण आवेदन
  • आवेदकको शैक्षिक प्रमाणपत्रहरुका प्रतिलिपी
  • शैक्षिक संस्थानको प्रस्तावपत्र (अफर लेटर)। एमबिबिएस वा एमडि विषयको नयाँ शैक्षिकसत्रमा भर्ना गर्नुपर्ने खण्डमा, आवेदक÷विद्यार्थीले प्रवेशपरीक्षामा सहभागी भएको प्रमाणित हुने कागजात। यदि शैक्षिक संस्थाले भर्नापूर्व बैंकको ऋण स्वीकृतसम्बन्धि प्रस्तावपत्र माग गरेमा, आवेदकले उक्त शैक्षिक संस्थामा भर्ना सिट सुरक्षित रहेको पत्र पेश गर्नुपर्नेछ। 
  • विद्यार्थीको/अभिभावकको/शिफारिसकर्ता (ग्यारेन्टर) को निवासको नक्साङ्कित ठेगाना
  • विद्यार्थीको/अभिभावकको/शिफारिसकर्ता (ग्यारेन्टर) को नागरिकता प्रतिलिपि र हालैको फोटो
  • विद्यार्थीको/अभिभावकको/शिफारिसकर्ता (ग्यारेन्टर) को आर्थिक स्थिति
  • जमानत/धितोको विवरण
  • सम्पत्तिसम्बन्धि मुख्य कागजातहरु जस्तैः स्वामीत्व प्रमाणपत्र, चारकिल्ला प्रमाणपत्र, कित्ता नं, नक्सा, आधिकारिक निकायबाट जारी भवननिर्माण स्वीकृतिपत्र, हालसम्मको घरजग्गा राजस्व वा कर तिरेको रसिदहरु। नगरपालिका भित्र धितो राखिएको घरको मापदण्ड पूरा गरेको प्रमाणपत्र र पास भएको नक्सा र भवन निर्माण पूरा भएको प्रमाणपत्र। 
  • आवेदक/अभिभावकको/शिफारिसकर्ता (ग्यारेन्टर) आय वा नगदप्रवाहसम्बन्धि पत्र (इनकम स्टेट्मेन्ट) :
    • तलबी व्यक्तिका हकमा
      • कार्यरत संस्था वा कम्पनीबाट तलबसम्बन्धि प्रमाण वा स्टेट्मेन्ट र कर तिरेको रसिद
      • आवश्यक परेमा बैंक स्टेट्मेन्ट
    • स्वरोजगार व्यक्तिका हकमा
      • सम्बन्धित पेशागत संघ वा परिषद्मा आबद्ध÷दर्ता प्रमाणपत्र
      • आयविवरण
      • आवश्यकताअनुसार बैंक स्टेट्मेन्ट
    • स्वरोजगार व्यवसायीको हकमा
      • व्यवसाय दर्ता प्रमाणपत्र
      • आयकर प्रमाणपत्र
      • हालैको लेखापरीक्षण प्रतिवेदन
      • आवश्यकताअनुसार बैंक स्टेट्मेन्ट
    • अन्यका हकमा
      • आवश्यकताअनुसार हालैको बहाल तिरेको रसिद वा सहमतीपत्र, सम्पत्ति स्वामीत्वपत्र
      • अन्य बहालवाट आर्जित आयको विवरण
      • पेन्सन रसिद, ब्याज भुक्तानीपत्र
      • आवश्यकताअनुसार बैंक स्टेट्मेन्ट
ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस