icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

कर्पोरेट बैंकिङ्ग (कर्पोरेट ग्राहकका वित्तीय आवश्यकता पूरा गर्न समर्पित)

हाम्रा कर्पोरेट ऋण सेवा इकाई कर्पोरेट ग्राहकका वित्तीय आवश्यकता पूरा गर्न र उचित समाधान दिन समर्पित छ। वित्तीय आवश्यकता बैंकबाट प्रत्यक्ष वा कन्सोर्टियमको सहमतिद्वारा गर्न सकिन्छ। विगत केही बर्षयता कर्परेट ऋण सेवा इकाईले कृषि, उत्पादन, उर्जा, निमार्ण, यातायात, सूचनाप्रविधि, व्यापार तथा पर्यटन लगायत विविध क्षेत्रमा ऋण तथा सहुलियत दिने विश्वासिलो दाताको रुपमा परिचय बनाउन सफल भएको छ। 

परियोजनामा लगानी :

परियोजनामा लगानी त्यसप्रकारका दीर्घकालीन पूर्वाधार, औद्योगिक परियोजनाहरु र सार्वजानिक सेवाहरुमा गरिन्छ जसको वित्तीय ढाँचा सम्बन्धित परियोजनाको मुनाफबाट मात्र ऋण चुक्ता गर्न सकिने र ऋणीले ऋण चुक्ता गर्न नसकेमा सुरुमा राखिएको धितो/जमानत बाहेक अरु केही जफत नहुने ( नन रिकोर्स वा लिमिटेड रिकोर्स ) व्यवस्थामा आधारित छ। अर्थात, परियोजनामा लगानी गरिने ऋण असुली मुख्य रुपमा सम्बन्धित परियोजनाको नगद प्रवाहमा निर्भर हुन्छ जहाँ अन्य अवस्थामा परियोजनाकै पूर्वाधार वा सम्पत्तिलाई धितो/जमानतका रुपमा राखिन्छ। यो सुविधा निजी क्षेत्रका लागि विशेष रुपमा आकर्षक छ किनकी यसले उनीहरुलाई मुख्य परियोजनाहरुमा अलग्गै लगानी गर्ने मौका दिन्छ। 

व्यापारमा लगानी:

व्यापार लगानी प्रक्रिया वाणिज्य तथा अन्तर्राष्ट्रिय व्यापारका केही क्रियाकलापमा गरिने लगानीसँग सम्बन्धित छ जस्तै लेनदेन, प्रतितपत्र (लेटर अफ क्रेडिट), निर्यातपत्र (एक्सपोर्ट क्रेडिट), बीमा आदि। व्यापार लगानीमा संलग्न कम्पनीहरुले आयातकर्ता, निर्यातकर्ता, बैंक तथा लगानीकर्ताहरु, बीमक लगायतका सेवा प्रदायकहरुलाई समावेश गर्नेगर्छन्।  

चालु/कार्यगत पूँजीमा लगानी:

चालु/कार्यगत पूँजीमा लगानी गरिने ऋण कम्पनीको दैनिक कामकारवाहीमा खर्च गरिन्छ। यस प्रकारका ऋण दीर्घकालीन सम्पत्ति वा लगानीमा नभई तिनुपर्ने खाता वा ज्यालाहरुमा प्रयोग गरिन्छ। बर्षमा आशिंक वा मौसमी विक्री वा आयआर्जन चक्र भएका कम्पनीहरुका लागि यो बढी उपयोगी हुन्छ। 

सिन्डिकेट ऋण व्यवस्था:

सिन्डिकेट ऋण वा बैंकिङ्ग सुविधा ऋण वा लगानी प्रदायक समूहबाट ऋण आह्वानकर्तालाई प्रदान गरिन्छ। आह्वानकर्ता कुनै संस्थान, सरकारजस्ता ठूला परियोजना संचालन गर्ने सार्वभौम निकाय आदि हुनसक्छ। उक्त ऋण निश्चित रकम वा क्रडिटलाइनमा वा दुवै संलग्न हुनसक्छ। 

कन्सोर्टियम लेन्डिङ  :

कन्सोर्टियम लेन्डिङअन्र्तगत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले संयुक्तरुपमा कुनै एक ऋणीलाई आपसी सहमतिमा ऋण प्रदान गर्दछ जसमा उनीहरुले साझा मूल्याङ्कन, दस्तावेजीकरण, संयुक्त निगरानी र फलोअप गर्ने गर्दछन्। यो प्रक्रिया केही हदसम्म सिन्डिकेशनसँग मिल्दोजुल्दो छ।   

ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस