
गरगहनावापत बिओके वित्तीय सहयोग
व्यक्तिका निजी आवश्यकता पूरा गर्न गरगहना धितो राखी दिइने वित्तीय सहयोग। यो सुविधा न्यूरोड शाखाले व्यवस्थापन गर्दै आइरहेको छ।
योग्यता
पहिचानयोग्य र स्थिर आम्दनीको स्रोत भएका व्यक्तिहरु
उमेरहद
आवेदकको न्यूनतम उमेर – १८ बर्ष
आवेदकको अधिकतम उमेर – ६५ बर्ष। आवेदकको उमेर ५८ बर्ष माथि भएको खण्डमा शिफारिसकर्ता (ग्यारेन्टर) अनिवार्य छ। शिफारिसकर्ता (ग्यारेन्टर) ५५ बर्ष ननाघेको र सगोल परिवारको सदस्य हुनुपर्दछ।
कर्जा सीमा
नियमित वा चक्रिय प्रकृतिको डिमाण्ड लोन
- न्यूनतम कर्जा– नेरु ५०,०००/– (नेरु पचास हजार मात्र)
- अधिकतम कर्जा– नेरु ५,०००,०००/– (नेरु पचास लाख मात्र)
- लगानी %ः बैंकमा धितो राखिएको गरगहनाको कूल मूल्यको ७०% ननाघेको तर २४ क्यारेट सुनको हकमा ७५ % ननाघेको
अवधि
नवीकरण हुनेगरी अधिकतम १ बर्ष तर व्याजदर बक्यौता रहेमा उक्त अवधि नलम्बिन सक्छ।
आवश्यक कागजातहरु
- ऋण आवेदन
- आवेदकको/शिफारिसकर्ता (ग्यारेन्टर) का निवासको नक्साङ्कित ठेगाना
- आवेदक/शिफारिसकर्ता (ग्यारेन्टर) को नागरिकता र हालैको फोटो
- आवेदक/शिफारिसकर्ता (ग्यारेन्टर) को आयस्रोत खुलाउने प्रमाण
- हालसालै खरिद गरिएको गरगहना भएमा खरिद बिल
- गरगहनाको स्वामीत्ववाहक उल्लिखित कम्तिमा एकजना परिवारको सदस्यले प्रमाणित गरेको प्रेषित घोषणा
- बैंकले स्वीकृति दिएको गरगहना जाँचकर्ताले धितो राखिएको गहनाका गरेकोे मूल्याङ्कन प्रतिवेदन
- आवेदकको थत विवरण तथा घोषणा
- आवेदक/शिफारिसकर्ता (ग्यारेन्टर) को आर्थिक हैसियतसम्बन्धि
- अन्य आवश्यक कागजात