
कृषिव्यापार कर्जा
कर्जाका किसिम
- अधिविकर्ष (ओभरड्राफ्ट)
- आवधिक
योग्यता
- व्यक्तिहरु
- कृषि तथा वनसम्बन्धि कार्यमा संलग्न दर्ता भएका उपभोक्ता समूहरु÷फार्म÷कम्पनी÷स्ांघसंस्था÷सहकारी
उमेरहद
- आवेदकको न्यूनतम उमेर १८ बर्ष
- आवेदकको अधिकतम उमेर ६५ बर्ष। आवेदक ६० बर्ष माथिको भएमा शिफारिसकर्ता अनिवार्य। शिफारिसकर्ता एउटै घरपरिवारको सदस्य र ५५ बर्ष मुनिको व्यक्ति हुनुपर्ने
कर्जा सीमा
- न्यूनतम रकमः नेरु ४००,०००/-
- अधिकतम रकमः नेरु १०,०००,०००/-
- व्यक्तिका हकमा अधिकतम रकमः नेरु १,०००,०००/-
अवधि/कर्जा चुक्ता विधि
- नियमित वा चक्रिय आधारमा १ बर्षसम्म अधिविकर्ष (ओभरड्राफ्ट) (नवीकरण हुनेगरी)
- अधिकतम ५ बर्षसम्मको आवधिक कर्जा (स्थिर सम्पत्तिको प्रकृति हेरी सुरुको १ बर्ष किस्ता नतिर्नुपर्नेगरी)
आवेदकको आयको प्रकार र कृषि उत्पादनको मौसमअनुसार समान मासिक किस्ताबन्दी वा समान त्रैमासिक किस्ताबन्दी वा इच्छाअनुसारको किस्ताबन्दी
आधारभूत कागजातहरु
- कर्जा आवेदन
- आवेदक÷प्रायोजक÷शिफारिसकर्ता (ग्यारेन्टर) को नागरिकता प्रतिलिपि र हालैको फोटो
- आवेदक÷प्रायोजक÷शिफारिसकर्ता (ग्यारेन्टर) को निवासको नक्साङ्कित ठेगाना
- स्वामित्ववाहक÷साझेदार÷बोर्डका सदस्यहरु÷समिति सदस्यहरु÷उपभोक्ता समूहहरु÷फार्म÷कम्पनि÷संस्था÷सहकारीका प्रमुख व्यक्तिहरुका नागरिकता प्रतिलिपि र हालैको फोटो
- उपभोक्ता समूहहरु÷फार्म÷कम्पनि÷संस्था÷सहकारीको दर्ता प्रमाणपत्र (नवीकरण गरिएको) र स्थायी लेखा नम्बर प्यान
- बोर्ड माइन्यूट
- उपभोक्ता समूहहरु÷फार्म÷कम्पनि÷संस्था÷सहकारीको हालैको लेखापरीक्षण वा स्थायी आर्थिक प्रतिवेदन। व्यक्तिका हकमा स्वघोषित आर्थिक विवरण।
- प्रस्तावित परियोजनाबाहेक अन्य आयस्रोतको विवरण (आवश्यक खण्डमा)
- कर्जा चुक्ता अवधिभरको लक्ष्यसहितको व्यापार योजना
- धितो राखिने सम्पत्तिको सक्कल लालपुर्जा
- चारकिल्ला प्रमाणपत्र
- घरजग्गा राजस्व वा कर तिरेको रसिदहरु।
- ठाडो रोक्काको सन्दर्भमा धितो राखिएको सम्पत्तिको नापी कार्यालय÷नगरपालिका÷गाउँपालिकाद्वारा जारी मूल्यसम्बन्धि कागजप्रमाण । मूल्य कर्जाको १००% समेटिने हुनुपर्दछ।
- नगरपालिकाभित्र धितो राखिएको घरको मापदण्ड पूरा गरेको प्रमाणपत्र र पास भएको नक्सा र भवन निर्माण पूरा भएको प्रमाणपत्र।
- विरुवा, उपकरण आदिको खरिदको प्रोफर्मा इन्भोइस
- बैंक र साझेदार संस्थाबीचको औपचारिक सहमतिपत्र (संयुक्त साझेदारीको हकमा)
- संयुक्त साझेदारीमार्फत वित्तीय लगानी भएमा साझेदार संस्थाको शिफारिसपत्र