
कृषि र वनमा आधारित उत्पादनका लागि कर्जा
कृषि र वनमा आधारित उत्पादनमूलक कामहरु जस्तै वृक्षारोपन, पशुपालन आदिका स्थिर तथा अन्य सम्पित्तिमा लगानीका लागि कर्जा
कर्जाका किसिम
- चालू पुँजी कर्जा
- आवधिक कर्जा
योग्यता
- कृषि तथा वन क्षेत्रमा कार्यरत दर्ता भएका उपभोक्ता समूहहरु/फार्म/कम्पनि/संस्था/सहकारी/व्यक्तिहरु
उमेरहद
- आवेदकको न्यूनतम उमेर १८ बर्ष
- आवेदकको अधिकतम उमेर ५८ बर्ष। ५५ देखि ५८ बर्षबीचका आवेदक भएमा शिफारिसकर्ता अनिवार्य। शिफारिसकर्ता एउटै घरपरिवारको सदस्य र ५५ बर्ष मुनिको व्यक्ति हुनुपर्ने
कर्जा सीमा
- न्यूनतम रकमः नेरु ३००,०००/–
- अधिकतम रकमः नेरु १०,०००,०००/– उपभोक्ता समूहहरु/फार्म/कम्पनि/संस्था/सहकारी/व्यक्तिहरु आदिलाई दिइने अधिकतम कर्जा नेपाल राष्ट बैंकको निर्देशिकाअनुसार हुनेछ (आवश्यक खण्डमा) तर उक्त रकमको अधिकतम सीमा नेरु १ करोड हुनेछ।
कर्जा चुक्ता अवधि र विधि
- चालू पुँजी कर्जाको हकमा
- अधिकतम १ बर्ष
- व्याजदर प्रत्यक त्रैमासको अन्त्यमा गरिनुपर्नेछ (आस्विन, पौष, चैत्र र आषाढ)
- साँवा भुक्तानी इच्छाअनुसारको किस्तामा वा एकमुष्ट मध्य एक विधिले गर्न सकिने
- आवधिक कर्जा
- Mअधिकतम ५ बर्ष (परियोजनाको प्रकृति हेरी सुरुको १ बर्ष बाहेक)
- आवेदकको आयको प्रकार र कृषि उत्पादनको मौसमअनुसार समान मासिक किस्ताबन्दी वा समान त्रैमासिक किस्ताबन्दी वा इच्छाअनुसारको किस्ताबन्दी
आधारभूत कागजातहरु
- कर्जा आवेदन
- आवेदक/प्रायोजक/शिफारिसकर्ता (ग्यारेन्टर) को नागरिकता प्रतिलिपि र हालैको फोटो
- आवेदक/प्रायोजक/शिफारिसकर्ता (ग्यारेन्टर) को निवासको नक्साङ्कित ठेगाना
- स्वामित्ववाहक/साझेदार/बोर्डका सदस्यहरु/समिति सदस्यहरु/उपभोक्ता समूहहरु/फार्म/कम्पनि/संस्था/सहकारीका प्रमुख व्यक्तिहरुका नागरिकता प्रतिलिपि र हालैको फोटो
- उपभोक्ता समूहहरु/फार्म/कम्पनि/संस्था/सहकारीको दर्ता प्रमाणपत्र (नवीकरण गरिएको) र स्थायी लेखा नम्बर प्यान
- बोर्ड माइन्यूट
- उपभोक्ता समूहहरु/फार्म/कम्पनि/संस्था/सहकारीको हालैको लेखापरीक्षण वा स्थायी आर्थिक प्रतिवेदन। व्यक्तिका हकमा स्वघोषित आर्थिक विवरण।
- प्रस्तावित परियोजनाबाहेक अन्य आयस्रोतको विवरण (आवश्यक खण्डमा)
- कर्जा चुक्ता अवधिभरको लक्ष्यसहितको व्यापार योजना
- धितो राखिने सम्पत्तिको सक्कल लालपुर्जा
- चारकिल्ला प्रमाणपत्र
- घरजग्गा राजस्व वा कर तिरेको रसिदहरु।
- ठाडो रोक्काको सन्दर्भमा धितो राखिएको सम्पत्तिको नापी कार्यालय÷नगरपालिका÷गाउँपालिकाद्वारा जारी मूल्यसम्बन्धि कागजप्रमाण । मूल्य कर्जाको १००% समेटिने हुनुपर्दछ।
- नगरपालिकाभित्र धितो राखिएको घरको मापदण्ड पूरा गरेको प्रमाणपत्र र पास भएको नक्सा र भवन निर्माण पूरा भएको प्रमाणपत्र।
- विरुवा, उपकरण आदिको खरिदको प्रोफर्मा इन्भोइस
- बैंक र साझेदार संस्थाबीचको औपचारिक सहमतिपत्र (संयुक्त साझेदारीको हकमा)
- संयुक्त साझेदारीमार्फत वित्तीय लगानी भएमा साझेदार संस्थाको शिफारिसपत्र