समग्रमा
बैंक अफ काठमाण्डू हाल नेपाली बैंकिङ्ग क्षेत्रमा आफ्नो उच्च स्तरिय सेवाहरुका लागि परिचित एक नाम हो। यसका निम्ति हामी आफ्ना शेयरधनीहरु, सेवाग्राहीहरु तथा विभिन्न सरोकारवालाहरुलाई हामी प्रति गर्नुभएको निरन्तर विश्वास, साथ र सहयोगका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। हामी जुनसुकै कार्य गर्दा आफ्नो व्यवसायिक मुल नारा “हामी हजुरको जीवन सरल बनाउछौँ (We Make Your Life Easier)” लाई मध्यनजर गर्दछौँ।
बैंक अफ काठमाण्डूमा हामी सेवाग्राहीलाई गुणस्तरिय सेवा प्रदान गर्न, सेवा तथा सुविधाहरुमा उचित ब्याजदर कायम गर्न, शेयरधनीहरुलाई राम्रो मुनाफा आर्जन गर्ने वातावरण मिलाउन, कर्मचारीहरुलाई आकर्षक तलबसुविधा प्रदान गर्न, र सबल सामाजिक दायित्वका कदमहरु मार्पmत समुदायको सेवा गर्न प्रतिबद्ध छौँ। सन् २०१० मा हामीले बर्षकै उत्कृष्ट बैंक(Bank Of The Year) को उपाधि पाएका थियौँ र निरन्तर देशकै उत्कृष्ट बैंक को रुपमा सेवा दिन तत्पर छौँ।
बैंक अफ काठमाण्डू सम्पूर्ण रुपमा नेपाली व्यवसायीद्वारा व्यवस्थित र सर्वसाधारणको स्वामित्वमा रहेका देशका थोरै बैंकहरुमध्ये एक हो। साथै पुँजीगत आधार, शाखाहरुको संख्या, एटिएम सञ्जालहरु तथा सेवाग्राहीहरुको संख्याको आधारमा देशकै उत्कृष्ट निजी वाणिज्य बैंकहरुमध्यको एकको रुपमा परिचित बैंक हो ।
प्रमुख संस्थागत मान्यताहरु
बैंकले आफ्ना लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि निम्न मान्यताहरु परिभाषित गरेको छः
- “Customer First” attitude in beliefs and actions.
- To inculcate a sense of belongingness in all staff towards the Bank.
- Time management for optimum utilization of work time to produce desired output & productivity by prioritizing job responsibilities.
- Cleanliness: to enhance general ambience of the work place to provide excellent customer service at all times and enhance the overall customer service experience.